You are viewing the translated version of नगद धरौटी फुकुवा गर्ने.
Section 26
नगद धरौटी फुकुवा गर्ने
(१) उद्योगले आफूले गरेको उत्पादन: निकासी वा परिवर्त्य विदेशी मुद्वामा स्वदेशमै बिक्री गरेमा/ सोको प्रमाण, बैड्टद्वारा प्रमाणित विदेशी मुद्रा आर्जन भएको कागजात वा वस्तु विनिमय अन्तर्गत वस्तु निकासी भएको भए सो बापत वस्तु पैठारी भएको प्रमाण र उद्योग बिभागको खपत अनुपातको प्रमाण सहित त्यस्तो नगद धरौटी फुकुवा वा फिर्ताको लागि नियम २५ को उपनियम (४) बमोजिमको अवधिभित्र सम्बन्धित भन्सार कार्यालयमा निवेदन दिनु पर्नेछ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बन्द, हड्ताल, विपद् वा अन्य यस्तै काबु बाहिरको परिस्थितिका कारण नियम २५ को उपनियम (४) बमोजिमको अवधिभित्र तयारी वस्तु निकासी गर्न नसकेमा वा स्वदेशमै परिवर्त्य विदेशी मुद्रामा बिक्री गर्न नसकेमा वा विदेशी मुद्वा आर्जन गरेको प्रमाण पेस गर्न नसकेमा सो व्यहोरा जनाई भन्सार कार्यालयमा निवेदन दिएमा र त्यसरी दिएको निवेदनको व्यहोरा मनासिब देखिएमा भन्सार कार्यालयको प्रमुखले बढीमा छ महिनासम्मको अवधि थप गर्न सक्नेछ।
(३) उपनियम (१) वा (२) बमोजिमको अवधिभित्र दिएको निवेदनको व्यहोरा मनासिब देखिएमा सम्बन्धित भन्सार कार्यालयको प्रमुखले, कागजात पेस भएको एक महिनाभित्र नगद धरौटी फिर्ता दिई-सोको विवरण पासबुकमा जनाउनु पर्नेछ।
(४) नियम २५ को उपनियम (१) बमोजिम पैठारी भएको कच्चापदार्थबाट तयारी वस्तु बनाई निकासी गर्दा पैठारीको अवस्थाको भन्सार मूल्यमा कम्तीमा दश प्रतिशत मूल्य (अभिवृद्धि भएको हुनु पर्नेछ।